Quantcast
Channel: हत्या – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 17

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

$
0
0

बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको हत्या भएको हो। उस्मान र अहमान सहोदर दाइ-भाइ हुन्।

सोमबार साँझदेखि हराइरहेका उस्मान र अहमान मंगलबार बिहान निर्माणाधीन स्थानीय मदरसामा मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार धारिलो हतियार प्रयोग गरेर दुबै बालकको हत्या गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Viewing all articles
Browse latest Browse all 17

Latest Images

Trending Articles



Latest Images